सिरहा,१३ फागुन । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश निर्माण श्रम र उत्पादनमूलक संस्कृतिबाट मात्र सम्भव हुने बताएका छन्।
सिरहाको गोलबजारमा आयोजित नेता–कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले स्टन्ट र देखावटी कामभन्दा इमान्दार श्रम र परिणाममुखी प्रयासले मात्र राष्ट्र निर्माणमा योगदान पुग्ने बताए।
साम्पाङले युवाहरूलाई उत्पादन, उद्यम, सामाजिक सेवा र गाउँ–संगठनमा सक्रिय भएर काम गर्न आग्रह गर्दै भने, “राजनीतिमा लोकप्रियता भन्दा पनि जनताको भलाइ र वास्तविक काम आवश्यक छ। श्रमलाई सम्मान गर्ने संस्कार बसाल्नुपर्छ।”
कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई उनले गाउँ–गाउँमा श्रम अभियान सञ्चालन गर्ने निर्देशन दिएका थिए। साम्पाङले विकासको आधार आत्मनिर्भरता र इमान्दार श्रम नै भएको पनि जोड दिए।
यस सन्देशमार्फत उनले स्थानीय स्तरमा उत्पादनमुखी र सकारात्मक गतिविधिलाई प्रोत्साहन गर्नुपर्नेमा बल दिएका छन्।

