Date
बिहि, फाल्गुन १४, २०८२
Thu, February 26, 2026
Date
बिहि, फाल्गुन १४, २०८२
Thu, February 26, 2026

न्युजिल्यान्डको शानदार जित, श्रीलंका...

टी–२० विश्वकपको पछिल्लो नतिजाबारे स्पष्ट नेपाली अपडेट।

वीरगंज–२६ अठराहामा बिना जैसवालको...

वीरगंज, १३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट पर्सा निर्वाचन क्षेत्र नं. २...

वीरगञ्जमा निर्वाचन रिपोर्टिङ र...

वीरगञ्जमा सम्पन्न अभिमुखीकरणले निर्वाचन रिपोर्टिङमा आचारसंहिता र तथ्यपरक पत्रकारिताको आवश्यकतामा जोड दिएको छ।

हर्क साम्पाङको भनाइ: मधेशले...

मधेशमा विभेदको प्रश्नबारे सार्वजनिक बहसलाई केन्द्रमा राखेर तयार गरिएको नेपाली समाचार।

पर्सा–४ मा शाक्यमाथि प्रश्नहरूको घेराबन्दी: राजनितिक चरित्रमाथी गम्भीर आरोप

रास्वपाको ‘पैरासुट उम्मेदवार’

spot_img

पर्सा, १३ फागुन –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पर्सा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार टेकबहादुर शाक्यको राजनीतिक विश्वसनीयतामाथि स्थानीय तहमा विभिन्न प्रश्न उठ्न थालेका छन्।

२०७९ सालको निर्वाचनमा पनि उम्मेदवार बनेका शाक्यले अन्तिम समयमा ‘सेटिङ’मा उम्मेदवारी फिर्ता लिएको आरोप केही मतदाताहरूले लगाएका छन्। त्यसपछि लामो समय जनताबीच सक्रिय नदेखिएका शाक्य यसपटक एकाएक उम्मेदवारका रूपमा मैदानमा उत्रिएको भन्दै आलोचना भइरहेको छ।

राजनीतिमा आउनुअघि शाक्य नेपाल प्रहरीमा कार्यरत थिए। प्रहरी सहायक निरीक्षक (असई) रहँदा वीरगञ्जको इनरवा प्रहरी चौकीमा करिब ६ महिना इन्चार्जको जिम्मेवारी सम्हालेका थिए। सो अवधिमा केही व्यापारीसँग अवैध असुली तथा तस्करीसँग सम्बन्धित आरोप लागेको दाबी स्थानीय स्रोतहरूको छ। संगठनभित्र विवाद बढेपछि उनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको थियो भन्ने चर्चा रहे पनि शाक्यले त्यसअघि नै राजीनामा दिएको स्रोतहरूको भनाइ छ।

यस्तै, व्यक्तिगत जीवनलाई लिएर पनि उनीमाथि विभिन्न टिप्पणी र आरोपहरू सार्वजनिक भएका छन्। विपक्षी दलका केही नेताहरूले उनको वैवाहिक जीवन र आचरणबारे प्रश्न उठाउँदै आएका छन्। यद्यपि ती आरोपहरू आधिकारिक रूपमा पुष्टि भएका छैनन्।

राजनीतिक रूपमा पनि शाक्यले विभिन्न दलहरू परिवर्तन गर्दै आएको तथ्य उल्लेख गर्दै आलोचकहरूले उनको वैचारिक स्थिरतामाथि प्रश्न उठाएका छन्। उनी कांग्रेस, माओवादी, जसपा, एमाले हुँदै हाल रास्वपामा सक्रिय रहेको बताइन्छ। केही राजनीतिक विश्लेषकहरूका अनुसार उनी अझै पनि पूर्व माओवादी पृष्ठभूमिका नेतृ उर्मिला अर्यालसँग निकट रहेको चर्चा स्थानीय स्तरमा चलिरहेको छ। नेतृ उर्मिला अर्याल अहिले प्रचण्ड नेतृत्वकै नेपाली कम्युनिष्ट पार्टीमा सकृय रहेकी छिन् ।

ठोरी क्षेत्रका कतिपय मतदाताहरूले शाक्य लामो समयसम्म क्षेत्रमा सक्रिय नदेखिएको र स्थायी बसोबाससमेत काठमाडौंमा रहेको दाबी गर्दै “निर्वाचित भएपछि क्षेत्रमै बस्छन् कि बस्दैनन्?” भन्ने प्रश्न उठाएका छन्।

स्थानीय राजनीतिक वृत्तमा पर्सा–४ मा नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजाल, नेकपा एमालेका जामिल मियाँ र रास्वपाका टेकबहादुर शाक्यबीच प्रतिस्पर्धा देखिए पनि केही नेताहरूले शाक्यलाई ‘भोट कटुवा’ उम्मेदवारको रूपमा टिप्पणी गरेका छन्।

आफूलाई ‘जेनजी पुस्ताको प्रतिनिधि’ भन्दै प्रचार गरिरहेका शाक्य करिब ५० वर्ष उमेर समूहका रहेको र प्रवीणता प्रमाणपत्र तहसम्म अध्ययन गरेको विवरण सार्वजनिक भएको छ।

निर्वाचन नजिकिँदै जाँदा शाक्यमाथि उठेका यी आरोप र प्रश्नहरूले पर्सा–४ को चुनावी समीकरणमा कस्तो प्रभाव पार्छ भन्ने चासो बढ्दै गएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय