Date
बिहि, फाल्गुन १४, २०८२
Thu, February 26, 2026
Date
बिहि, फाल्गुन १४, २०८२
Thu, February 26, 2026

काे हुन राैतहट–४ का...

राैतहट,१४ फागुन । नेपाली कांग्रेसले रौतहट क्षेत्र नम्बर ४ मा साविक विजेता देवप्रसाद तिमल्सिनालाई...

पर्सा–४ मा कांग्रेस उम्मेदवार...

वीरगंज, १४ फागुन - नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य...

मन्त्री पदको लोभ त्यागेर...

रौतहट,१४ फागुन । रौतहट क्षेत्र नम्बर ४ बाट आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी...

म काममा विश्वास गर्छु,...

काठमाडौं,१४ फागुन । नेपाली कांग्रेसतर्फबाट नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार डा।प्रकाश शरण महतले...

रौतहटमा फागुन १८ देखि मदिरा बिक्री–वितरण निषेध

spot_img

रौतहट,१४ फागुन । रौतहटमा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मदिरा बिक्री–वितरणमा अस्थायी प्रतिबन्ध लगाइएको छ। आगामी फागुन २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय रौतहटले यस्तो निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल द्वारा जारी सूचनाअनुसार फागुन १८ गतेदेखि निर्वाचन प्रक्रिया सम्पन्न नभएसम्म जिल्लाभर सबै प्रकारका मदिराजन्य पदार्थको बिक्री–वितरण तथा सार्वजनिक स्थानमा सेवन पूर्ण रूपमा निषेध रहनेछ।

प्रशासनले निषेधाज्ञा उल्लङ्घन गर्ने जो–कोहीलाई प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ। साथै, सुरक्षा निकायमार्फत निरन्तर अनुगमन गरिने जनाइएको छ। निर्वाचन अवधिमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न यो कदम चालिएको भन्दै प्रशासनले होटल व्यवसायी, राजनीतिक दल, नागरिक समाज र सर्वसाधारणलाई सहयोग गर्न आग्रह गरेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय