spot_img

पर्सा–४ मा कांग्रेस उम्मेदवार रिजालद्वारा जगरनाथपुरमा घरदैलो सम्पन्न

spot_img
spot_img

वीरगंज, १४ फागुन – नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश रिजालले जगरनाथपुर गाउँपालिका वडा नं. २ लम्मीपुरमा बिहीबार घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन्। चुनावी अभियानलाई तीव्रता दिँदै उम्मेदवार रिजाल मतदाताको घरदैलोमै पुगेर प्रत्यक्ष भेटघाट तथा संवादमा सहभागी भएका थिए।

कार्यक्रमका क्रममा उनले स्थानीय बासिन्दासँग विकास निर्माणका योजना, पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य तथा रोजगारीका विषयमा विस्तृत छलफल गरेका थिए। मतदातासँग संवाद गर्दै रिजालले आफूले विगतमा सम्पन्न गरेका विकासे कामहरूको विवरण प्रस्तुत गरेका थिए। साथै, अधुरा र बाँकी रहेका योजनाहरूलाई निर्वाचन जित्नासाथ प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।

स्थानीयले क्षेत्रको समग्र विकास, सडक स्तरोन्नति, सिंचाइ सुविधा, खानेपानी र युवाका लागि रोजगारी सिर्जनामा विशेष ध्यान दिन आग्रह गरेका थिए। उम्मेदवार रिजालले जनताको सुझावलाई आफ्नो प्राथमिक कार्यसूचीमा समावेश गर्ने विश्वास दिलाए।

घरदैलो कार्यक्रममा पर्सा निर्वाचन क्षेत्र नं. ४ का क्षेत्रीय नेता, स्थानीय अगुवा, पार्टीका कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा देखिएको जनसहभागिताले कांग्रेसप्रति क्षेत्रको समर्थन मजबुत बन्दै गएको स्थानीय नेताहरूले बताएका छन्।

रिजाल यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भइसकेका नेता हुन्। सालीन र असल व्यक्तित्वका रूपमा परिचित उनी पर्सामा प्रभावशाली नेताका रूपमा चिनिन्छन्। राष्ट्रिय राजनीतिमा समेत प्रभाव पार्न सक्ने नेताका रूपमा उनको पहिचान रहेको राजनीतिक वृत्तमा चर्चा हुने गरेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय