Date
बिहि, फाल्गुन १४, २०८२
Thu, February 26, 2026
Date
बिहि, फाल्गुन १४, २०८२
Thu, February 26, 2026

काे हुन राैतहट–४ का...

राैतहट,१४ फागुन । नेपाली कांग्रेसले रौतहट क्षेत्र नम्बर ४ मा साविक विजेता देवप्रसाद तिमल्सिनालाई...

पर्सा–४ मा कांग्रेस उम्मेदवार...

वीरगंज, १४ फागुन - नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य...

मन्त्री पदको लोभ त्यागेर...

रौतहट,१४ फागुन । रौतहट क्षेत्र नम्बर ४ बाट आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी...

म काममा विश्वास गर्छु,...

काठमाडौं,१४ फागुन । नेपाली कांग्रेसतर्फबाट नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार डा।प्रकाश शरण महतले...

मधेशमा निर्वाचन आचारसंहिता उल्लंघन बढ्दो, सार्वजनिक स्थल दलका झन्डाले ढाकिए

spot_img

सिरहा,१४ फागुन । यही २१ फागुनको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन निर्वाचन आयोगले आह्वान गरे पनि मधेशमा भने आचारसंहिता उल्लंघन बढेको छ । आयोगले तडक–भडक, बाजा–गाजा तथा सार्वजनिक स्थानमा पार्टीका झन्डा झुन्ड्याउन नपाइने निर्देशन जारी गरेको छ । तर, आचारसंहिता उलंलघन भने रोकिएको छैन ।

आयोगको निर्देशनविपरीत सिरहाका विभिन्न स्थानमा पार्टीका झन्डा तथा प्रचार सामग्री खुला रूपमा झुन्ड्याइएको पाइएको छ । गोलबजार, चोहर्वा, नयाँ चौक चोहर्वा तथा नरहा–बिष्णुपुर लगायतका क्षेत्रमा सडक, चोक तथा अन्य सार्वजनिक स्थानमा दलका झन्डा राखिएको छ ।

स्थानीय रामउदगार साहले सरकार र आयोगले तडक–भडक नगर्न पत्राचार गरे पनि दलका नेता तथा स्वतन्त्र उम्मेदवारहरूले त्यसको पालना नगरेको भन्दै चिन्ता व्यक्त गरे । यसरी सम्बन्धित निकाय मौन बस्नुले विभिन्न तरिकाले मतदातालाई प्रभावित पार्न सक्ने खतरा हुने उनको भनाइ छ । उनले समयमै प्रभावकारी अनुगमन गरी रोक लगाउन माग गरे ।

यता, जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बाजासहित गाउँगाउँमा मत माग्ने र सार्वजनिक स्थानमा झन्डा झुन्ड्याउने विषयमा अनुगमन गरिने बताएका छन् । ‘दलहरूले आफैं बुझ्नुपर्ने कुरा हो’, उनले भने । पत्राचार गर्दा पनि नमाने प्रहरी परिचालन गरी झन्डा हटाउने र बाजामा रोक लगाउने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय