वीरगञ्ज–२ मा केदार प्रसाद कमंकरको नेतृत्वमा दुई दर्जन नेता–कार्यकर्ता नेकपामा प्रवेश

spot_img

वीरगञ्ज, १७ फागुन  – केदार प्रसाद कमंकरको नेतृत्वमा दुई दर्जन नेता–कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नं. २ मा आयोजित कार्यक्रममा उनीहरू औपचारिक रूपमा नेकपामा आबद्ध भएका हुन्।

पार्टी प्रवेश गर्नेहरूमा खेदु पासवान, मुना मिया लगायतका नेता–कार्यकर्ता रहेका छन्।

नवप्रवेशीहरूलाई नेकपा पर्सा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मनोज चौधरीले फूलमाला र टीका लगाएर पार्टीमा स्वागत गरेका थिए। कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य बृजलाल पासवान, युवा नेता सन्जु कुर्मी, जयशंकर यादव, दीपेन्द्र सिंह पटेल लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार चौधरीले देशको दशा र दिशा परिवर्तन गर्ने स्पष्ट एजेन्डा नेकपासँग मात्र रहेको दाबी गर्दै आगामी निर्वाचनमा तारा छापमा मतदान गर्न मतदातालाई अनुरोध गरे।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय