काठमाडौं,१७ । नेपाल टेलिकमले आफ्ना मोबाइल प्रयोगकर्ताका लागि एकै पटक धेरै व्यक्तिलाई सामूहिक सन्देश (ग्रुप एसएमएस) पठाउन सकिने विशेष सुविधा सञ्चालनमा रहेको जनाएको छ । यो सेवा अन्तर्गत ग्राहकले एकै पटक २ हजार, ५ हजार र १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सक्नेछन् ।
ग्रुप एसएमएस सेवाका लागि टेलिकमले तीन प्रकारका प्याकेज छन्
२ हजार एसएमएस: रु. १,२४३
५ हजार एसएमएस: रु. ३,१०८
१० हजार एसएमएस: रु. ६,२१५
यो सेवा प्रयोगका लागि मोबाइल, डेस्कटप वा ल्यापटपबाट टेलिकमको ग्रुप एसएमएस पोर्टल (groupsms.ntc.net.np) लगइन गरी आफूलाई आवश्यक प्याकेज खरिद गर्न सकिने छ । सन्देश पठाउनुपर्ने नम्बरहरूको सूची एक्सेल सीट (Excel Sheet) मार्फत अपलोड गरी सहजै पठाउन सकिने प्रवक्ता रवीन्द्र मानन्धरले बताए ।

