पूर्व गाविस अध्यक्ष हरि शंकर सिंह एमालेमा प्रवेश

spot_img

बीरगन्ज,१७ फागुन । बीरगन्ज महानगरपालिका वडा नं.२० का पूर्व गाविस अध्यक्ष हरि शंकर प्रसाद सिंह आइतबार नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा औपचारिक रूपमा प्रवेश गरेका छन्। पार्टी प्रवेश कार्यक्रममा स्थानीय नेता, युवा र समर्थकहरूको बाक्लो उपस्थिति रहेको थियो।

नवप्रवेशी सिंहलाई प्रदीप यादव पर्सा–१ का सांसदले अबिर–टिका र माला लगाएर पार्टीमा स्वागत गरे। यादवले सिंहजस्ता अनुभवी र जनाधार भएका नेताको सहभागिताले वडा नं. २० मात्र नभई समग्र वीरगञ्जमा एमाले संगठन थप बलियो हुने विश्वास व्यक्त गरे।

सिंहले पार्टी प्रवेशपछि राष्ट्रहित, स्थायित्व र विकासप्रतिको स्पष्ट दृष्टिकोणका कारण आफू एमालेमा आबद्ध भएको बताए। उनले जनताको सेवा, स्थानीय विकास र सुशासन प्रवर्द्धनमा सक्रिय रहने प्रतिबद्धता पनि व्यक्त गरे।

उत्साहपूर्ण वातावरणमा सम्पन्न कार्यक्रममा सहभागीहरूले सिंहलाई स्वागत गरेका थिए, जसले वडा क्षेत्रका चुनावी गतिविधि र एमालेको प्रभावलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय