बारामा ग्यास सिलिन्डर तोकिएको मूल्यभन्दा बढी नबेच्न प्रशासनको आग्रह

spot_img

बीरगन्ज,०२ चैत । जिल्ला प्रशासन कार्यालय बाराले जिल्ला भित्रको सबै एलपि ग्यास उत्पादक, वितरक र डिलरहरूलाई सरकारले तोकेको मूल्यभन्दा बढीमा ग्यास सिलिन्डर बिक्री नगर्न आग्रह गरेको छ।

बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले आज जारी गरेको सूचनामा भनिएको छ कि अनुगमनको क्रममा यो व्यवस्था पालना नगर्ने भए प्रचलित कानून अनुसार कारबाही गरिनेछ।

सूचनामा स्पष्ट भनिएको छ कि ग्यासको परिमाण, गुणस्तर र सुरक्षा मापदण्ड अनुसार मात्रै उपभोक्तालाई ग्यास उपलब्ध गराउनुपर्छ। साथै, ग्यास सिलिन्डरको भण्डारण र बिक्री वितरण गर्दा सुरक्षा नियम पूर्ण रूपमा पालन गर्न प्रशासनले आग्रह गरेको छ।

उपभोक्तालाई सहज र पारदर्शी रूपमा ग्यास उपलब्ध गराउन पालो प्रणाली अपनाउनुपर्ने, अनावश्यक स्टक नराख्ने, र खाली सिलिन्डर फिर्ता पाएपछि मात्र नयाँ सिलिन्डर उपलब्ध गराउने व्यवस्था गर्न भनिएको छ।

सबै डिलरहरूले खरिद, बिक्री र मौज्दातको विवरण व्यवस्थित रूपमा राखेर प्रत्येक दुई हप्तामा जिल्ला प्रशासन कार्यालय बारामा पठाउनुपर्नेछ। एक सिलिन्डरको ग्यास अर्कै सिलिन्डरमा खन्याई खुद्रा बिक्री नगर्न पनि निर्देशन दिइएको छ। प्रशासनले भनेको छ कि समय–समयमा गरिने अनुगमन तथा निरीक्षणका क्रममा यी निर्देशनहरूको कडाइका साथ पालना गर्नुपर्छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय