उपराष्ट्रपति यादवद्वारा एमाले अध्यक्ष ओलीप्रति समवेदना

spot_img

बीरगन्ज,०३ चैत । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पितृशोकमा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्। उपराष्ट्रपति यादवले पूर्वप्रधानमन्त्री ओलीको गुण्डुस्थित निवासमा पुगेर उनी र शोकाकूल परिवारका अन्य सदस्यहरूसँग भेट गरी समवेदना व्यक्त गरेका हुन्।

पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओली ९७ वर्षको उमेरमा गत शुक्रबार निधन भएका थिए। यसअघि आजै राष्ट्रपति रामचन्द्र पौडेल पनि ओलीलाई समवेदना दिन गुण्डु पुगेका थिए।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय