चितवन,२२ चैत । भरतपुर महानगरपालिकामा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा भारत घर भई भरतपुर–३ नगरवन सडकछेउमा बस्दै आएका १० वर्षीय इरेस घोस रहेका छन्।
प्रहरीका अनुसार बागमती प्रदेश ०६००१ ख ०४९२ नम्बरको बसलाई गए राति पार्किङ गर्ने क्रममा सहचालकले पछाडि सार्दा बालकलाई ठक्कर लागेको थियो।
घाइते भएका बालकलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि बस र सहचालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

