काठमाडौँ,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न बहालवाला मन्त्रीदेखि र विभिन्न तहका जनप्रतिनिधिहरूले राजीनामा दिएका छन् । निर्वाचन आयोगको आचारसंहिता र संवैधानिक व्यवस्थाअनुसार लाभको पदमा रहेका व्यक्तिले उम्मेदवारी दर्ता गर्नुअघि राजीनामा दिनुपर्ने प्रावधानका कारण ३७ जना जनप्रतिनिधिले आफ्नो पद त्यागेका हुन् ।
राजीनामा दिनेहरूमा ४ जना संघीय मन्त्री, ३ जना राष्ट्रिय सभा सदस्य, १४ जना प्रदेश सभा सदस्य र १४ जना स्थानीय तहका प्रतिनिधि छन् । ६ महिना कार्यकाल भएको सरकारमा चुनावी प्रयोजनका लागि आएका चार मन्त्रीले चुनाव लड्नकै लागि दुई महिना अगावै राजीनामा दिएका छन् ।
त्यस्तै, फागुन २० गतेदेखि कार्यकाल सकिँदै गरेका तीनजना राष्ट्रिय सभा सदस्यले राजीनामा दिएका छन् । त्यसमध्ये २ जना उम्मेदवार बनेका छन् । त्यस्तै, प्रदेश तहमा प्रत्यक्ष रुपमा निर्वाचित १४ जना प्रदेशसभा सदस्यले राजीनामा दिएका छन् । त्यसबाहेक १३ जना उम्मेदवार बनेका छन् । एक जनाले भने टिकट पाएनन् ।
प्रदेश सभातर्फ बागमतीबाट सबैभन्दा धेरै ६ जनाले राजीनामा दिएका छन् भने मधेस प्रदेशबाट ४, लुम्बिनीबाट ३ र सुदूरपश्चिमबाट १ जनाले राजीनामा दिएका छन् ।
स्थानीय तहका चारजना नगर प्रमुख, तीनजना गाउँपालिका अध्यक्ष, एकजना नगर उपप्रमुख, एकजना गाउँपालिका उपाध्यक्ष, तीनजना वडाध्यक्ष र एकजना वडा सदस्य छन् । यसरी राजीनामा दिने सबैले टिकट पाएका छन् ।
राजीनामा दिने जनप्रतिनिधिहरूको पूर्ण सूची :
संघीय मन्त्री : ४ जना
१. कुलमान घिसिङ : काठमाडौं–३ (उज्यालो नेपाल पार्टी)
२. बब्लु गुप्ता : काठमाडौं–३ (राष्ट्रिय स्वतन्त्र पार्टी)
३. जगदीश खरेल : ललितपुर–२ (राष्ट्रिय स्वतन्त्र पार्टी)
४. महावीर पुन : म्याग्दी (स्वतन्त्र)
राष्ट्रिय सभा सदस्य : ३ जना
५. वामदेव गौतम : उम्मेदवार नभएको
६. नारायणकाजी श्रेष्ठ : सर्लाही–३
७. भगवती न्यौपाने : तनहुँ–१
प्रदेश सभा सदस्य : १४ जना
मधेस प्रदेश
१७. रामचन्द्र मण्डल (धनुषा–१ ख) — धनुषा–१ (नेकपा एमाले)
१८. सतीश कुमार सिंह (सप्तरी–२ क) — सप्तरी–२ (स्वाभिमान पार्टी)
१९. रहबर अन्सारी (पर्सा–१ क) — पर्सा–१ (राष्ट्रिय स्वतन्त्र पार्टी)
२०. भरतप्रसाद साह (महोत्तरी–१ ख) — महोत्तरी–१ (नेपाल कम्युनिस्ट पार्टी)
बागमती प्रदेश
८. युवराज दुलाल (सिन्धुपाल्चोक-२ ख) — सिन्धुपाल्चोक–२ (नेपाली कम्युनिस्ट पार्टी)
९. प्रकाश श्रेष्ठ (काठमाडौं-७ ख) — काठमाडौं–७ (नेकपा एमाले)
१०. अमनकुमार मास्के (काठमाडौं-६ ख) — काठमाडौं–६ (नेकपा एमाले)
११. कुन्दनराज काफ्ले (दोलखा–१ ख) — उम्मेदवार नभएको
१२. वसन्त मानन्धर (काठमाडौं-७ क) — काठमाडौं–७ (नेपाली कम्युनिस्ट पार्टी)
१३. सुनिल केसी (काठमाडौं-२ क) — काठमाडौं–२ (राष्ट्रिय स्वतन्त्र पार्टी)
लुम्बिनी प्रदेश
१४. धनबहादुर मास्के (दाङ–२ ख) — दाङ–२ (नेपाली कम्युनिस्ट पार्टी)
१५. धर्मबहादुर चौधरी (बर्दिया–२ ख) — बर्दिया–२ (उज्यालो नेपाल पार्टी)
१६. कन्हैया बानियाँ (रुपन्देही–४ क) — रुपन्देही–४ (राष्ट्रिय स्वतन्त्र पार्टी)
सुदूरपश्चिम प्रदेश
२१. डा. तारा जोशी (डडेल्धुरा–१ ख) — डडेल्धुरा–१ (राष्ट्रिय स्वतन्त्र पार्टी)
स्थानीय तह प्रमुख/अध्यक्ष : ९ जना
२२. बालेन्द्र शाह (प्रमुख, काठमाडौं महानगरपालिका) — झापा–५ (राष्ट्रिय स्वतन्त्र पार्टी)
२३. रेनु दाहाल (प्रमुख, भरतपुर महानगरपालिका) — चितवन–३ (नेपाली कम्युनिस्ट पार्टी)
२४. हर्क साम्पाङ (प्रमुख, धरान उपमहानगरपालिका) — सुनसरी–१ (श्रम संस्कृति पार्टी)
२५. अशोक व्याञ्जु (प्रमुख, धुलिखेल उपमहानगरपालिका) — काभ्रेपलाञ्चोक–२ (नेकपा एमाले)
२६. रणबहादुर राई (प्रमुख, सूर्योदय नगरपालिका इलाम) — इलाम–१ (श्रम संस्कृति पार्टी)
२७. रामलाल डगौरा (प्रमुख, टीकापुर नगरपालिका) — कैलाली–१ (नागरिक उन्मुक्ति पार्टी)
२८. असीम राई (अध्यक्ष, थुलुङ दुधकोशी गाउँपालिका सोलुखुम्बु) — सोलुखुम्बु–१ (नेपाली कम्युनिस्ट पार्टी)
२९. मेजर कुमार राई (अध्यक्ष, लिम्चुङबुङ गाउँपालिका उदयपुर) — उदयपुर–२ (स्वतन्त्र)
३०. खिमलाल थापा (अध्यक्ष, कालीगण्डकी गाउँपालिका स्याङ्जा) — स्याङ्जा–२ (नेकपा एमाले)
उपप्रमुख/उपाध्यक्ष : २ जना
३१. मारुद्दिन राई (उपप्रमुख, नेपालगञ्ज नगरपालिका) — बाँके–२ (जनता समाजवादी पार्टी)
३२. अस्मिता थापा (उपाध्यक्ष, लिखु गाउँपालिका ओखलढुंगा) — ओखलढुंगा–१ (नेकपा एमाले)
वडा अध्यक्ष र सदस्य : ४ जना
३३. सुशील साह कानू (वडाध्यक्ष, वीरगञ्ज महानगरपालिका-१०) — पर्सा–२ (राष्ट्रिय स्वतन्त्र पार्टी)
३४. रामकिशोर पराग सिंह (वडाध्यक्ष, वीरगञ्ज महानगरपालिका-२०) — पर्सा–१ (उज्यालो नेपाल पार्टी)
३५. सूर्यबहादुर भट्टराई (वडाध्यक्ष, धरान उपमहानगरपालिका-१७) — सुनसरी–१ (नेपाली कम्युनिस्ट पार्टी)
३६. शशी दास (वडा सदस्य, कलैया उपमहानगरपालिका-१) — बारा–१ (समुन्नत नेपाल पार्टी)



