सेयर बजार अब सातामा ४ दिन मात्रै सञ्चालनमा

spot_img

काठमाडौं,२२ चैत  । सरकारले आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेसँगै सेयर बजार सञ्चालन समय घटेर सातामा चार दिनमा सीमित हुने भएको छ।

हालसम्म शुक्रबार र शनिबार बन्द हुँदै आएको सेयर बजार अब आइतबार पनि बन्द हुने भएपछि कारोबार समय स्वतः घट्ने देखिएको हो।

नेपाल स्टक एक्सचेन्ज (Nepal Stock Exchange) का एक उच्च अधिकारीका अनुसार सरकारको बिदा निर्णय लागू भए आइतबार बजार बन्द रहनेछ। तर शुक्रबार बजार खुलाउने विषयमा भने सञ्चालक समितिमा छलफल हुन सक्ने बताइएको छ।

यसअघि पनि सरकारले शनिबार र आइतबार दुवै दिन बिदा दिएको समयमा शुक्रबार बजार सञ्चालन गरिएको उदाहरण रहेको नेप्सेले स्मरण गराएको छ।

हालको निर्णयअनुसार तत्कालका लागि शुक्रबार, शनिबार र आइतबार तीन दिन बजार बन्द हुने अवस्था बनेको छ। यसलाई पुनः मिलाएर सञ्चालन गर्ने विषयमा नेप्सेले निर्णय गर्नेछ।

सरकारले पेट्रोलियम आपूर्तिमा देखिएको समस्याका कारण शनिबारसँगै आइतबार पनि बिदा दिने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल ले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय