spot_img

सूचनामा असमान पहुँचले अर्थतन्त्रमा असन्तुलन : अर्थमन्त्री खनाल

spot_img
spot_img

काठमाडौं,०१ फागुन । अर्थमन्त्री रामेश्वर खनालले अर्थतन्त्रलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सही र समयमै सूचना प्रवाह अत्यावश्यक रहेको बताएका छन्। राजधानीमा आयोजित ‘मिडियामा सूचनाको हक प्रयोग’ सम्बन्धी कार्यक्रममा बोल्दै उनले सूचनामा असमान पहुँचका कारण बजारमा असन्तुलन देखिएको उल्लेख गरे।

उनका अनुसार, सूचनाको हकसम्बन्धी ऐन मात्र नभई लेखा मापदण्डलगायतका कानुनी व्यवस्थाले पनि ठूला कम्पनी र आर्थिक गतिविधिबारे पारदर्शिता कायम गर्नुपर्ने व्यवस्था गरेको छ। “अर्थतन्त्रको ठूलो हिस्सा ओगट्ने कम्पनीहरूले कस्तो कारोबार गरे र त्यसले आम जनजीवनमा कस्तो प्रभाव पार्‍यो भन्ने सूचना समयमै सार्वजनिक हुनुपर्छ,” उनले भने।

अर्थमन्त्री खनालले विशेषगरी **पुँजीबजारमा ‘इन्साइडर ट्रेडिङ’**का कारण केही व्यक्तिले सूचनामाथि एकाधिकार कायम गरिरहेको बताए। सबै लगानीकर्ताले एउटै समयमा समान सूचना नपाउँदा निष्पक्ष प्रतिस्पर्धा प्रभावित भइरहेको उनको भनाइ छ।

“कसैले सूचना रियल टाइममा पाउँछ, कसैले १० दिनपछि। त्यसले अवसर र लाभमा ठूलो अन्तर पार्छ,” उनले भने। उनले धातु बजारको उदाहरण दिँदै सुन–चाँदीको मूल्यबारे समयमै सूचना पाउने र ढिलो पाउने व्यवसायीबीच नाफा–नोक्सानीमा उल्लेखनीय फरक पर्ने बताए।

मन्त्री खनालले पारदर्शिता र समान सूचना पहुँच सुनिश्चित नगरेसम्म बजारमा दीर्घकालीन स्थिरता सम्भव नहुने उल्लेख गरे।

spot_img

ताजा अपडेट

लोकप्रिय