सिमरा,२२ असार । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ का कृषक लालबाबु सहनीले झण्डै एक विगाहा जग्गामा चैते धान लगाएका थिए । उनको सो जग्गाबाट करिब एक सय मन भन्दा बढि धान फलेको छ। धान राम्रै उत्पादन भएपनि उनी खुसी भने छैनन्। यो बर्ष धान उत्पादन भएपनि उत्पादन भएको धानले उचित मुल्य नपाएपछि कृषक सहनी दुखी भएका हुन ।
कृषक सहनी मात्र होईन अहिले उत्पादन भएको चैते धानले यो बर्ष भाउ नपाउदा धान खेती गर्ने सवै किसानहरु दुखी भएका छन । व्यापारीहरुले धान सस्तो मुल्य लगाएपछि विक्री नै नगरेको उनको...