बीरगन्ज, ५ वैशाख ।बीरगन्जका पेट रोग विशेषज्ञ डा. राकेशकुमार झाले युरोपियन सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीबाट प्रतिष्ठित फेलो अफ इएसजीइ उपाधि प्राप्त गरेका छन्।
एसियाली मुलुकहरूमध्ये एफइएसजीइ उपाधि पाउने पहिलो नेपाली चिकित्सक बन्न सफल डा. झाले आफ्नो सफलतामार्फत नेपाललाई अन्तर्राष्ट्रिय चिकित्सा क्षेत्रमा गौरवपूर्ण पहिचान दिलाएका छन्।
सामाजिक सञ्जालमार्फत डा. झाले यो उपाधिलाई आफ्नो पेसागत यात्राको एक महत्त्वपूर्ण कोसेढुङ्गा भनेका छन्। उनले लेखेका छन्, "यो उपाधि पाउनु मेरो लागि मात्र होइन, समग्र नेपाली चिकित्सा क्षेत्रको लागि गर्वको कुरा हो। ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीको क्षेत्रमा उत्कृष्टता प्रमाणित गर्दै यो उपाधि प्रदान गरिन्छ।"
एफइएसजीइ उपाधिले डा. झालाई विश्वस्तरीय...
बीरगन्ज, ५ वैशाख ।बीरगन्जका पेट रोग विशेषज्ञ डा. राकेशकुमार झाले युरोपियन सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीबाट प्रतिष्ठित फेलो अफ इएसजीइ उपाधि प्राप्त गरेका छन्।
एसियाली मुलुकहरूमध्ये...