Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

सरकारी कार्यालयमा बढ्दो बेथिती...

बीरगन्ज,०६ जेठ । बीरगन्जका विभिन्न सरकारी कार्यालयहरूमा व्यापक बेथिती, अनियमितता र भ्रष्टाचार रहेको...

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...

काठमाडौं महानगरले पर्यटन प्रहरी...

काठमाडौं,०६ जेठ । काठमाडौं महानगरपालिका नगर प्रहरी बलले पर्यटन प्रहरी सेल गठन गरेको...
spot_imgspot_imgspot_img
19.7 C
Kathmandu
29.5 C
Birgunj
spot_imgspot_imgspot_img

बीरगन्जका डा. झालाई एफइएसजीइ उपाधि, एसियाबाट उपाधि पाउने पहिलो नेपाली चिकित्सक

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, ५ वैशाख ।बीरगन्जका पेट रोग विशेषज्ञ डा. राकेशकुमार झाले युरोपियन सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीबाट प्रतिष्ठित फेलो अफ इएसजीइ उपाधि प्राप्त गरेका छन्।

- Advertisement -

एसियाली मुलुकहरूमध्ये एफइएसजीइ उपाधि पाउने पहिलो नेपाली चिकित्सक बन्न सफल डा. झाले आफ्नो सफलतामार्फत नेपाललाई अन्तर्राष्ट्रिय चिकित्सा क्षेत्रमा गौरवपूर्ण पहिचान दिलाएका छन्।

सामाजिक सञ्जालमार्फत डा. झाले यो उपाधिलाई आफ्नो पेसागत यात्राको एक महत्त्वपूर्ण कोसेढुङ्गा भनेका छन्। उनले लेखेका छन्, “यो उपाधि पाउनु मेरो लागि मात्र होइन, समग्र नेपाली चिकित्सा क्षेत्रको लागि गर्वको कुरा हो। ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीको क्षेत्रमा उत्कृष्टता प्रमाणित गर्दै यो उपाधि प्रदान गरिन्छ।”

- Advertisement -

एफइएसजीइ उपाधिले डा. झालाई विश्वस्तरीय विशेषज्ञको रूपमा स्थापित गर्नुका साथै नेपालमै जटिल एन्डोस्कोपिक प्रक्रियाहरू जस्तै ERCP, EUS, र Polypectomy मार्फत उत्कृष्ट सेवा दिन सक्षम बनाएको छ। यसले नेपाली बिरामीहरूलाई स्वदेशमै गुणस्तरीय सेवा पाउने अवसर प्रदान गरेको छ।

उनको यो सफलताले युवा चिकित्सकहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो दक्षता देखाउन प्रेरणा दिने विश्वास गरिएको छ। साथै, डा. झाको उपलब्धिले नेपालमा ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपी क्षेत्रमा थप अनुसन्धान, शिक्षा र प्रविधिको विकासलाई समेत गति दिने अपेक्षा गरिएको छ।

युरोपियन सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपी (ESGE) सन् १९८० मा स्थापना भएको एक अग्रणी अन्तर्राष्ट्रिय संस्था हो जसले ग्यास्ट्रोइन्टेस्टाइनल रोगहरूको निदान, उपचार, शिक्षा र अनुसन्धानमा उच्चतम मापदण्ड निर्धारण गर्दै आएको छ।

FESGE उपाधि ESGE ले ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीको क्षेत्रमा उत्कृष्ट योगदान गर्ने चिकित्सकलाई दिइन्छ। यो उपाधि प्राप्त गर्न चिकित्सकले शैक्षिक योगदान, अनुसन्धान, र क्लिनिकल अभ्यासमा उत्कृष्टता प्रमाणित गर्नुपर्छ।

ताजा समाचार

spot_img

थप समाचार