काठमाडौं,१३ माघ । भारत सरकारले गणतन्त्र दिवस २०२६ को अवसरमा प्रदान गरिने पद्म पुरस्कारहरूको सूची सार्वजनिक गरेको छ। यस वर्ष कुल १३१ जनालाई पद्म विभूषण, पद्म भूषण र पद्म श्री प्रदान गरिनेछ।
घोषित सूचीअनुसार ५ जनालाई पद्म विभूषण, १७ जनालाई पद्म भूषण र १०९ जनालाई पद्म श्री पुरस्कार प्रदान गरिनेछ। पुरस्कार सूचीमा कला, खेलकुद, शिक्षा, सार्वजनिक सेवा र सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तित्वहरूका साथै समाजका लागि मौन रूपमा काम गर्ने ‘अनसङ हिरोज’हरू पनि समेटिएका छन्।
दोस्रो सर्वोच्च नागरिक सम्मान पद्म विभूषणबाट बलिउडका दिग्गज अभिनेता धर्मेन्द्र र केरलाका पूर्वमुख्यमन्त्री भी. एस....