एमालेको सदस्यता अब पूर्ण डिजिटल प्रणालीमा

spot_img

काठमाडौं,२० वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले)  पार्टीले सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमार्फत सञ्चालन गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा आयोजित सदस्यतासम्बन्धी बैठकमा नयाँ डिजिटल प्रणालीबारे विस्तृत छलफल गरिएको हो।

पार्टीका संगठन विभाग संयोजक तथा केन्द्रीय सचिव भानुभक्त ढकालका अनुसार बैठकमा प्रस्तावित अनलाइन सदस्यता प्रणालीको प्रदर्शनसमेत गरिएको थियो। कार्यक्रममा पार्टीका उपाध्यक्ष, महासचिव, प्रदेश नेतृत्व तथा जनसंगठनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

बैठकलाई सम्बोधन गर्दै पार्टी उपाध्यक्ष  विष्णुप्रसाद पौडेलले डिजिटल सदस्यता नवीकरण अभियानले पार्टी संगठनलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।

एमालेले नयाँ प्रणालीमार्फत सदस्यताको अभिलेख व्यवस्थापन, नवीकरण प्रक्रिया र संगठनात्मक समन्वयलाई आधुनिक प्रविधिसँग जोड्ने तयारी गरेको जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय