spot_img

‘लुटतन्त्रका रिपोर्ट पढ्दा सिरिङ्ग हुन्छु’ : अर्थमन्त्री वाग्ले

spot_img
spot_img

काठमाडाै,२० वैशाख । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विगतमा भएको आर्थिक दोहन, नीतिगत सेटिङ र संस्थागत कब्जाप्रति कडा असन्तुष्टि व्यक्त गर्दै अब यस्तो प्रवृत्ति अन्त्य गर्न सरकार दृढ रहेको बताएका छन्।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै वाग्लेले देशमा भएका भ्रष्टाचार, लुटतन्त्र र अपवित्र राजनीतिक–व्यावसायिक गठजोडसम्बन्धी प्रतिवेदनहरू पढ्दा आफू स्तब्ध हुने गरेको बताए।

उनले राजनीतिक तथा संस्थागत पहुँचका आधारमा सीमित समूहले राज्य संयन्त्र कब्जा गरेर लाभ लिएको आरोप लगाउँदै यस्तो अभ्यास अब सह्य नहुने स्पष्ट पारे। उनका अनुसार सरकार स्वच्छ शासन, पारदर्शिता र इमानदार व्यवसायिक वातावरण निर्माणतर्फ अघि बढिरहेको छ।

वाग्लेले विगतका गलत अभ्यासलाई संरक्षण नगर्न निजी क्षेत्रलाई पनि आग्रह गर्दै अपराध र भ्रष्टाचारमा संलग्न व्यक्तिहरूलाई बचाउने प्रयास नगर्न चेतावनी दिए।

उनले इमानदार उद्यमीलाई प्रोत्साहन गर्ने, कर प्रणालीलाई प्रभावकारी बनाउने तथा शिक्षा, स्वास्थ्य र गरिबी निवारणमा राज्यको लगानी बढाउने दिशामा सरकार काम गरिरहेको जानकारी दिए।

कठोर कानुन र झन्झटिलो प्रक्रियाले व्यवसायीहरूले समस्या भोग्दै आएको स्वीकार गर्दै उनले आवश्यक कानुनी सुधारको प्रक्रिया पनि सुरु भइसकेको बताए। साथै, वर्तमान सरकार निजी क्षेत्रमैत्री नीति र लगानीको वातावरण निर्माणमा प्रतिबद्ध रहेको उनको भनाइ थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय