वीरगन्ज,२९ फागुन । पर्साको ठोरी गाउँपालिका हाल मानव–वन्यजन्तु द्वन्द्वको केन्द्र बन्दै गएको छ। यहाँ जंगली हात्ती र बाघको गतिविधि तीव्र बढेपछि स्थानीयवासीहरु त्रसित भएका छन्।
ठोरी–२ हनुमाननगर क्षेत्रमा पछिल्ला दिनहरूमा जंगली हात्ती प्रायः रातको समयमा मानव बस्ती नजिक देखिन थालेको छ। स्थानीय चिरञ्जीवी सापकोटाका अनुसार, ‘अहिले बालीको मौसम नभए पनि हात्ती बस्ती नजिकै देखिन थालेको छ। बालीको समयमा आए भने ठूलो क्षति हुने निश्चित छ।’
ठोरी क्षेत्र भौगोलिक रूपमा चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज र भारतको वाल्मीकि टाइगर रिजर्भले चारैतिर घेरिएको छ। यस कारण यहाँ वन्यजन्तुको आवागमन प्रायः हुने गर्दछ।...
वीरगन्ज,२९ फागुन । पर्साको ठोरी गाउँपालिका हाल मानव–वन्यजन्तु द्वन्द्वको केन्द्र बन्दै गएको छ। यहाँ जंगली हात्ती र बाघको गतिविधि तीव्र बढेपछि स्थानीयवासीहरु त्रसित भएका...