spot_img

नेकपाको अवरोधपछि कर्णाली प्रदेशसभा बैठक १५ मिनेटका लागि स्थगित

spot_img
spot_img

सुर्खेत,११ असार । कर्णाली प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अवरोधपछि १५ मिनेटका लागि स्थगित गरिएको छ।

आज बसेको प्रदेशसभा बैठक सुरु हुनासाथ नेकपा सांसदहरूले बजेटका विषयमा आपत्ति जनाउँदै अवरोध गरेका थिए। उनीहरूले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत बजेटमा उठाइएका प्रश्नहरूको सरकारले स्पष्ट जवाफ नदिएको आरोप लगाए।

नेकपा कर्णाली प्रदेशसभा दलका नेता मङ्गलबहादुर शाहीले बजेटमा देखिएका कमजोरी र त्रुटिहरूबारे प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नको सरकारले जवाफ नदिई अघि बढ्नु अस्वीकार्य हुने बताए। उनका अनुसार उद्देश्यविहीन र असन्तुलित बजेटलाई सच्याउन आवश्यक छ।

उनले बजेट सन्तुलित, समन्यायिक र सामाजिक न्यायमा आधारित नभएको भन्दै सरकारले सुधार नगरेसम्म प्रक्रिया अघि बढ्न नदिने चेतावनी पनि दिएका छन्।

अवरोधपछि सभामुख नन्दा गुरुङले बैठक १५ मिनेटका लागि स्थगित गरिएको जानकारी गराएका थिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय