spot_img

करिब १ करोडको खरबुजा बीउसहित ५ सवारीसाधन बरामद

spot_img
spot_img

सर्लाही,११ असार । सर्लाहीमा सशस्त्र प्रहरीले ठूलो परिमाणमा तस्करी गर्न लागिएको सामानसहित पाँच वटा सवारीसाधन नियन्त्रणमा लिएको छ। बरामद सामानमा चार वटा भारतीय नम्बर प्लेटका बोलेरो पिकअप र एक नेपाली नम्बर प्लेटको मिनी ट्रक रहेका छन्।

बुधबार राति सर्लाहीको बलरा नगरपालिका–२ स्थित हतिवल बाँध नजिकको सीमावर्ती क्षेत्रमा विशेष सूचनाको आधारमा गरिएको संयुक्त अपरेसनमा उक्त सामान बरामद गरिएको हो।

सशस्त्र प्रहरीका अनुसार भारततर्फ अवैध रूपमा लैजाँदै गरिएको करिब २०० बोरा खरबुजाको बीउ गाडीहरूमा लोड गरिएको अवस्थामा फेला परेको थियो। प्रारम्भिक अनुमानअनुसार बरामद बीउको मूल्य करिब १ करोड रुपैयाँ रहेको छ।

अपरेसनमा सीमा सुरक्षा गुल्म मुख्यालय सिमरा, मलंगवा र नं. १० गण सर्लाहीबाट खटिएको करिब ८० जनाको संयुक्त टोली सहभागी थियो। टोलीले राति करिब १० बजे छापा मारेको थियो।

प्रहरी पुगेको थाहा पाएपछि सामान र गाडी छोडेर संलग्न व्यक्ति फरार भएका थिए। त्यसपछि सबै सवारीसाधन नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद सवारीसाधनहरूमा मधेस प्रदेश–०३–००२ख ०३०६ नम्बरको आईचर ट्रक तथा बीआर ३० जीबी २६७२, बीआर ०६ ई ९६२९, बीआर ०६ जीएच ११२१ र बीआर ०६ जीजी ९४७१ नम्बरका चार भारतीय बोलेरो पिकअप रहेका छन्।

बरामद सामान र सवारीसाधन आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सर्लाही भन्सार कार्यालय पठाइएको छ। फरार व्यक्तिहरूको खोजी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय