काठमाडौं, ०५ पुस । मुलपानी क्रिकेट मैदानमा जारी नेपाल र हङकङको अण्डर–१९ क्रिकेट टोलीबीचको एक दिवसीय श्रृंखला (सिरिज) को अन्तिम खेलमा नेपाली टोलीले २६६ रनको लक्ष्य दिएको छ । बिहान टस जितेर पहिले ब्याटिङ रोजेको नेपाली युवा टोलीले ४९ ओभर १ बलमा अलआउट हुँदै २६५ रन जोडेको हो ।
नेपालले ठूलो स्कोर तयार गर्ने क्रममा नेपालका ब्याटरहरू अभिशेख तिवारी, सन्तोष यादव, सूर्यान्शु कोइराला अर्धशतकीय पारी खेले । यसअघि भएका दुई खेलमा नेपालले जित निकाल्दै सिरिज आफ्नो पक्षमा पारिसकेको छ । आजको खेल पनि जिते सिरिज क्लिन स्वीप हुनेछ ।