बीरगन्ज नाकाबाट ९ महिनामा २६ अर्ब बढीका सवारीसाधन आयात

spot_img

बीरगन्ज,१७ वैशाख ।  बीरगन्ज भन्सार कार्यालय हुँदै चालु आर्थिक वर्षको पहिलो नौ महिनामा रु २६ अर्ब १३ करोड मूल्य बराबरका सवारीसाधन र तिनका पार्टपुर्जा आयात भएका छन्। यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ३६.१९ प्रतिशत (रु ६ अर्ब ९४ करोड) ले बढी हो।

कार्यालयका सूचना अधिकारी उदयसिंह विष्ट का अनुसार सवारीसाधन तथा पार्टपुर्जाको आयातमा उल्लेख्य वृद्धि देखिएको छ। सो अवधिमा पार्टपुर्जा आयातबाट मात्र रु १८ अर्ब २२ करोड राजस्व सङ्कलन भएको छ, जुन अघिल्लो वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो।

तथ्याङ्क अनुसार इन्धनबाट चल्ने जीप, कार र भ्यानको आयात भने घटेको छ। चालु आवमा ५९१ वटा (रु १ अर्ब १७ करोड) आयात हुँदा गत वर्ष सोही अवधिमा ८०५ वटा (रु १ अर्ब ६६ करोड) आयात भएका थिए।

यता मोटरसाइकल र कृषि प्रयोजनका सवारीमा भने वृद्धि देखिएको छ। चालु आवमा ४५ हजार ६२० वटा मोटरसाइकल (रु ६ अर्ब ४२ करोड) र २१ हजार ६३९ वटा ट्याक्टर तथा टिलर (रु २ अर्ब ४ करोड) आयात भएका छन्, जुन अघिल्लो वर्षभन्दा धेरै हो।

विशेषगरी विद्युतीय सवारीसाधनको आयातमा ठूलो उछाल आएको छ। चालु आवमा रु २ अर्ब ९८ करोड बराबरका ईभी भित्रिएका छन्, जुन गत वर्षको तुलनामा १०२ प्रतिशतले बढी हो। विद्युतीय जीप, कार र भ्यान मात्रै ४९३ वटा (रु १ अर्ब ४६ करोड) आयात भएका छन्, जबकि अघिल्लो वर्ष १७२ वटा मात्र आयात भएका थिए।

यसरी हेर्दा पेट्रोलियम सवारीको तुलनामा विद्युतीय सवारीतर्फ बजारको झुकाव बढ्दो देखिएको छ, जसले आगामी दिनमा यातायात क्षेत्रमा नयाँ प्रवृत्ति स्थापित गर्ने संकेत गरेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय