बारामा मोटरसाइकल दुर्घटना पतिको मृत्यु, पत्नी घाइते

spot_img

बारा, १७ वैशाख । बीरगन्ज–पथलैया सडकखण्डमा बुधबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

दुर्घटनामा मृत्यु हुनेमा राम चमार (४०) रहेका छन्। उनी पर्साको पोखरिया नगरपालिका–३, बसन्तपुरका बासिन्दा हुन्।

प्रहरीका अनुसार बीरगन्जबाट नारायणघाटतर्फ जाँदै गरेको ना२७प ३०२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रेलिङमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा चमार र उनकी पत्नी ३५ वर्षीया जानकी देवी गम्भीर घाइते भएका थिए।

डाबर नेपाल नजिकै भएको उक्त दुर्घटनापछि दुवैलाई तत्काल उद्धार गरी गण्डक अस्पताल मा लगिएको थियो। उपचारकै क्रममा राम चमारको मृत्यु भएको प्रहरीले जनाएको छ भने उनकी पत्नीको सोही अस्पतालमा उपचार भइरहेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय