काठमाडौं,३० जेठ । सशस्त्र प्रहरी बल र काठमाडौं महानगरपालिकाको संयुक्त आयोजनामा शुक्रबार रानीपोखरीमा मनसुनजन्य विपद् प्रतिकार्य अभ्यास सम्पन्न गरिएको छ। आगामी मनसुनको जोखिमलाई मध्यनजर गर्दै गरिएको यो अभ्यासमा डुंगा, डोरी, जीवन रक्षक सामग्रीलगायत उपकरणहरूको प्रयोग गरिएको थियो। सशस्त्र प्रहरी बलका टोलीले पानीमा उद्धार गर्ने विभिन्न अभ्यास प्रदर्शन गरेका थिए।
यस अभ्यासको उद्देश्य मनसुनी बाढी, डुबान र अन्य जलजन्य विपद्को अवस्थामा तत्काल उद्धार कार्य कसरी सञ्चालन गर्ने भन्ने तयारी गर्नु हो। काठमाडौं महानगर र सुरक्षा निकायबीचको सहकार्यबाट विपद् व्यवस्थापन क्षमतामा सुधार ल्याउने र जनतालाई सुरक्षित राख्ने उद्देश्य लिइएको जनाइएको छ।
काठमाडौं,३० जेठ । सशस्त्र प्रहरी बल र काठमाडौं महानगरपालिकाको संयुक्त आयोजनामा शुक्रबार रानीपोखरीमा मनसुनजन्य विपद् प्रतिकार्य अभ्यास सम्पन्न गरिएको छ। आगामी मनसुनको जोखिमलाई मध्यनजर...