spot_img

ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन

spot_img
spot_img

काठमाडौँ,१७ वैशाख । ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनमाथि गरिएको कडाइका क्रममा पछिल्लो २४ घण्टामा २,४८९ चालक कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा रु २२ लाख ७४ हजार ५०४ राजस्व सङ्कलन भएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय का अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ४९ जना, नियमविपरीत राइड सेयरिङ गर्ने २५८ जना तथा ट्राफिक संकेत उल्लङ्घन गर्ने १७० जना कारबाहीमा परेका छन्। यस्तै, तीव्र गतिमा सवारी चलाउने ११२ जना पनि नियन्त्रणमा परेका छन्।

त्यसैगरी लेन अनुशासन उल्लङ्घन गर्ने ३२५ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ६४ जना, सडक पेटीमा सवारी पार्किङ गर्ने १२१ जना र तोकिएको स्थान बाहेक यात्रु चढाउने तथा ओराल्ने ६२ जना पनि कारबाहीमा परेका छन्।

अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने १,३२८ जनालाई समेत कारबाही गरिएको कार्यालयले जनाएको छ। ट्राफिक प्रहरीले सडक सुरक्षालाई प्रभावकारी बनाउन नियम पालनामा थप कडाइ गरिने जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय