करेन्ट लागेर महिलाको मृत्यु

spot_img

कैलाली,१७ वैशाख ।  कैलाली जिल्लामा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ।

धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको पानी तान्ने मोटरबाट करेन्ट प्रवाह हुँदा मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिना का अनुसार गएराति भएको उक्त घटनामा करेन्ट लागेर उनी गम्भीर घाइते भएकी थिइन्। घटनापछि तत्कालै मृत्यु भएको बताइएको छ।

मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय