बीरगन्ज,०९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले पर्सा क्षेत्र–२ बाट विना जैसवाललाई उम्मेदवार बनाएको छ। ३५ वर्षिया जैसवाल पहिले नै समानुपातिक सांसद भइसकेकी छन् र यसपटक प्रत्यक्ष निर्वाचनमा मैदानमा उतारिएकी छन्। उनी वीरगन्ज महानगरपालिकाकी स्थानीय हुन् र बैङ्लोर विश्वविद्यालयबाट एमबीए उत्तीर्ण गरेकी छन्।
जैसवाल सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय रहँदै आएकी हुन्। राप्रपाले उनलाई मैदानमा उतारेर पर्सा–२ को प्रतिस्पर्धालाई रोचक बनाएको छ। उनी पार्टीको केन्द्रीय सदस्य समेत भएकी छन्।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पर्सा–२ बाट राप्रपाका नरेशकुमार साहले २,७४१ मत पाएका थिए। सो निर्वाचनमा कांग्रेसका अजयकुमार चौरसियाले २८,४५१ मतसहित विजयी भएका थिए।...
बीरगन्ज,०९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले पर्सा क्षेत्र–२ बाट विना जैसवाललाई उम्मेदवार बनाएको छ। ३५ वर्षिया जैसवाल पहिले नै समानुपातिक सांसद भइसकेकी छन् र...