सेयर बजार २६ अंकले घट्यो

spot_img

काठमाडौँ,१५ वैशाख । मंगलबार सेयर बजार परिसूचक २६.१६ अंकले घटेर २७७० विन्दुमा पुगेको छ। अघिल्लो दिन सामान्य बढेको बजार फेरि घट्ने क्रममा फर्किएको हो।

कारोबार रकम भने बढेको देखिएको छ। अघिल्लो दिन ४ अर्ब ७४ करोडको कारोबार भएकोमा मंगलबार ६ अर्ब ५३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

बजारमा बैंक तथा वित्तीय संस्थाहरूको तेस्रो त्रैमासिक वित्तीय विवरण सकारात्मक देखिए पनि त्यसले बजारलाई समर्थन गर्न सकेन। अधिकांश वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूको नाफा र प्रति सेयर आम्दानी (EPS) बढेको देखिए पनि लगानीकर्ताको मनोबल कमजोर रहँदा बजार दबाबमा परेको हो।

विश्लेषकहरूका अनुसार उठ्न बाँकी ब्याज र साँवा असुलीमा चुनौती, साथै केही व्यवसायीमाथि भइरहेको धरपकडका समाचारले पनि बजारमा असर पारेको छ।

आज ४२ कम्पनीको मूल्य बढ्दा २१३ कम्पनी घटे भने १४ स्थिर रहे। सबैजसो समूहका सूचकहरू रातो रहे, केवल ‘अन्य’ समूह ०.७३ प्रतिशतले बढेको देखियो।

सबैभन्दा धेरै घट्ने समूहमा होटल तथा पर्यटन २.५६ प्रतिशत र उत्पादन तथा प्रशोधन २.४६ प्रतिशत रहेका छन्। बैंकिङ समूह पनि ०.८४ प्रतिशतले घटेको छ।आज कुनै पनि कम्पनीमा दोहोरो अंकको वृद्धि देखिएन। मूल्य बढ्नेमा हिमालयन बैंक डिबेन्चर, साइन रेसुङ्गा विकास बैंक डिबेन्चर र सानिमा डिबेन्चर देखिए।

सबैभन्दा धेरै घट्नेमा कर्पोरेट डेभलपमेन्ट बैंक (१५%), रिजलाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो, सिटी होटल र भुजुङ हाइड्रोपावर रहेका छन्।

कारोबार रकमका आधारमा पाल्पा सिमेन्ट इन्डस्ट्रिज, रिलायन्स स्पिनिङ मिल्स, कर्पोरेट डेभलपमेन्ट बैंक, सोलु हाइड्रोपावर र कुमारी बैंक अगाडि रहेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय