काठमाडौं,१३ असार । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले ’विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ भोलि (असार १४) सम्ममा पारित गर्ने तयारी गरेको छ। आज बसेको समिति बैठकमा निजी लगानीमा सञ्चालित विद्यालय र बालविकास शिक्षा (भ्ऋम्) सम्बन्धी लामो समयदेखिको विवादमा सहमति जुटेको छ।
समितिले निजी लगानीका विद्यालय खोल्न पाउने तर ती विद्यालय सेवामूलक, लोककल्याणकारी र क्रमशः गैरनाफामूलक रूपमा सञ्चालन हुने गरी विधेयकमा व्यवस्था गर्ने सहमति गरेको छ। समितिका सभापति अमरबहादुर थापाले राखेको निजी लगानीका विद्यालयहरूलाई शैक्षिक गुठी अन्तर्गत सञ्चालन गर्न प्रोत्साहन स्वरूप छुट दिने प्रस्ताव...
काठमाडौं,१३ असार । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले ’विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ भोलि (असार १४) सम्ममा...