spot_img

सुस्तामा एसएसबी हस्तक्षेपविरुद्ध माओवादीको माइतीघरमा प्रदर्शन

spot_img
spot_img

काठमाडौं,३० जेठ । नवलपरासी पश्चिमको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले गरेको कथित हस्तक्षेपविरुद्ध नेकपा (माओवादी केन्द्र) ले काठमाडौंमा प्रदर्शन गरेको छ।

शनिबार माइतीघर मण्डलामा गरिएको प्रदर्शनमा सहभागीहरूले सीमा सुरक्षा, भौगोलिक अखण्डता र सुस्तावासीको सम्मानका विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराएका थिए।

प्रदर्शनकारीहरूले “सीमा अतिक्रमण बन्द गर”, “सुस्तामा हस्तक्षेपको प्रतिरोध गरौँ”, “भौगोलिक अखण्डताको रक्षा गरौँ” लगायतका प्लेकार्ड बोकेर विरोध जनाएका थिए।

पार्टीले सीमा सम्बन्धी विषयमा सरकारको कमजोरी देखिएको भन्दै प्रधानमन्त्रीले माफी माग्नुपर्ने माग समेत अघि सारेको छ।

यसअघि शुक्रबार नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ थारू टोलमा प्रवेश गरेको भारतीय एसएसबी टोलीलाई स्थानीयवासीले प्रतिकार गर्दै फर्काएको बताइएको छ। त्यसपछि उक्त घटनालाई लिएर राजनीतिक दलहरू र स्थानीय स्तरमा प्रतिक्रिया र तनाव देखिएको हो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय