वीरगन्ज,१५ चैत । बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिका-१ स्थित तरकारी बजारमा रहेको हनुमान मन्दिरको दान पेटिकाबाट दानको रकम चोरी भएको छ ।
मन्दिरको मूल गेटको ताल्चा फुटाएर अज्ञात व्यक्तिहरूले दान पेटिकाबाट करिब १० हजार रुपैयाँ बराबरको रकम चोरेको प्रहरीले जनाएको छ ।
बारा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश सापकोटाले दिएको जानकारीअनुसार चोरी रातिको समयमा भएको प्रहरीको अनुमान छ । बिहान मन्दिरका पुजारी पूजा गर्न जाँदा दान पेटिका खोलिएको र रकम चोरी भएको फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो ।
घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाराले तत्काल एक...
वीरगन्ज,१५ चैत । बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिका-१ स्थित तरकारी बजारमा रहेको हनुमान मन्दिरको दान पेटिकाबाट दानको रकम चोरी भएको छ ।
मन्दिरको मूल गेटको...