बीरगन्ज,०२ असार । पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएका वीरगन्ज-३ का `अब्बु´ भनिने महमद अयुब हुसेनलाई प्रहरीले नियन्त्रणमा लिएर अदालतमा बुझाएकाे छ।
अपराधिक उपद्राे मुद्दामा पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएका हुसेनलाई मंगलबार प्रहरीले उनकाे घरबाटै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।वडा प्रहरी कार्यालय वीर्ताबाट खटिएको प्रहरी टाेलीले हुसेनलाई नियन्त्रणमा लिएर मंगलबार नै पर्सा जिल्ला अदालतमा बुझाएकाे पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।
जेनजी आन्दोलनका क्रममा गत भदाै २४ गते बीरगन्जमा भएको निजी तथा सार्वजनिक सम्पति ताेडफाेड,आगजनी र लुटपाटकाे घटनामा हुसेन पनि संलग्न रहेकाे आराेप लागेकाे थियाे।
प्रहरी नायब उपरीक्षक बस्नेतले भने,` जेनजी आन्दोलनमा भएको उक्त घटनामा संलग्न रहेकाे आराेपमा सायद उनिविरुद्ध अदालतबाट अपराधिक उपद्राे मुद्दामा पक्राउ पुर्जी भएको हुनसक्छ। तर यकिन कारण मलाई पनि थाह छैन।




