spot_img

म्याद गुज्रिएका सौन्दर्य सामग्री प्रयोग गर्ने बीरगन्जका चार ब्युटी पार्लर कारबाहीमा

spot_img
spot_img

बीरगन्ज,०२ असार । म्याद गुज्रिएका तथा गुणस्तरहीन सौन्दर्य सामग्री प्रयोग गरेको पाइएपछि वीरगञ्जका चार वटा ब्युटी पार्लर तथा सौन्दर्य संस्थामाथि कुल १ लाख ६० हजार रुपैयाँ जरिवाना गरिएको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज को नेतृत्वमा गरिएको संयुक्त अनुगमनका क्रममा उपभोक्ता संरक्षणसम्बन्धी कानुन उल्लङ्घन भएको पाइएपछि कारबाही गरिएको हो।

अनुगमन टोलीले The Beard Shop Beauty Salon, Aura Eleven तथा Couriers Mound Group Pvt. Ltd. लाई जनही ५० हजार रुपैयाँका दरले जरिवाना गरेको छ। साथै Hair Tag and Academy लाई १० हजार रुपैयाँ जरिवाना गरिएको जनाइएको छ।

अनुगमनका क्रममा विभिन्न संस्थाबाट ठूलो परिमाणमा म्याद गुज्रिएका सौन्दर्य सामग्री जफत गरी नष्ट गरिएको छ। अधिकारीहरूका अनुसार ती सामग्री प्रयोग गर्दा छालासम्बन्धी एलर्जी, संक्रमण तथा अन्य स्वास्थ्य समस्या निम्तिन सक्ने जोखिम रहेको थियो।

अनुगमन टोलीका सदस्य प्रकाशकुमार शाहका अनुसार उपभोक्ता ठगी र गुणस्तरहीन सेवा सम्बन्धी गुनासो बढेपछि विशेष अभियान सञ्चालन गरिएको हो। उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कसुर पुष्टि भएपछि सम्बन्धित संस्थामाथि कानुनी कारबाही गरिएको उनले बताए।

अनुगमनमा जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, वीरगञ्ज उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्च नेपाल लगायतका निकायका प्रतिनिधिहरू सहभागी थिए।

उपभोक्ता अधिकारकर्मीहरूले सौन्दर्य सेवासँग प्रत्यक्ष रूपमा स्वास्थ्य जोडिएको भन्दै यस्ता व्यवसायमाथि नियमित अनुगमन, प्रभावकारी नियमन र कानुनअनुसार कडा कारबाही आवश्यक रहेको बताएका छन्। साथै सेवाग्राहीलाई पनि प्रयोग हुने सामग्रीको गुणस्तर र म्यादबारे सचेत हुन आग्रह गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय