spot_img

इम्तियाज आलमको पहलमा बीरगन्ज महानगरका कर्मचारीले पाए रोकिएको तलब

spot_img
spot_img

बीरगन्ज,०२ असार । बीरगन्ज महानगरपालिका का कर्मचारीहरूले लामो समयदेखि रोकिएको तलब पाउन थालेका छन्। नगरप्रमुख राजेशमान सिंह निलम्बन भएपछि कार्यबाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका इम्तियाज आलम को पहलमा तलब निकासा प्रक्रिया सुरु गरिएको हो।

महानगरपालिकाको आर्थिक प्रशासन महाशाखाका अनुसार पहिलो चरणमा ४६७ जना कर्मचारीलाई ५ करोड ५५ लाख रुपैयाँभन्दा बढी रकम तलबस्वरूप वितरण गरिएको छ।

लेखा अधिकृत रुपनारायण राउत का अनुसार ५९ जना निजामती कर्मचारी, १४२ जना स्थायी सेवा कर्मचारी र १३३ जना सरसफाइ कर्मचारीलाई तीन महिनाको तलब भुक्तानी गरिएको छ। त्यसैगरी १२० जना करार कर्मचारी र १३ जना करार सवारी चालकलाई चार महिनाको तलब उपलब्ध गराइएको छ।

महानगरपालिकाले बाँकी ६८४ जना कर्मचारीको खातामा पनि छिट्टै तलब रकम जम्मा गर्ने तयारी गरेको जनाएको छ। पाँच महिनादेखि तलब नपाएका कर्मचारीलाई चार महिनाको तथा चार महिनादेखि रोकिएकालाई तीन महिनाको तलब भुक्तानी गर्ने योजना बनाइएको छ।

महानगरपालिकामा कार्यरत स्थायी कर्मचारीहरूको चार महिनादेखि र करार कर्मचारीहरूको पाँच महिनादेखि तलब रोकिएको थियो। तलब वितरण सुरु भएपछि कर्मचारीहरूमा राहतको अनुभूति भएको बताइएको छ।

स्रोतका अनुसार नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीचको प्रशासनिक विवाद तथा व्यवस्थापन सम्बन्धी समस्याका कारण तलब भुक्तानी प्रभावित भएको थियो। यद्यपि, नयाँ नेतृत्वको सक्रियतासँगै रोकिएको भुक्तानी प्रक्रिया अघि बढेको छ।

यसैबीच, महानगर क्षेत्रको सरसफाइ तथा फोहर व्यवस्थापनको जिम्मा लिएको एनके इन्टरनेशनल प्रा.लि. को समेत पाँच महिनादेखिको भुक्तानी बाँकी रहेको जनाइएको छ। महानगरपालिकाले उपलब्ध स्रोतअनुसार बक्यौता रकम क्रमशः भुक्तानी गर्ने तयारी गरेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय