spot_img

दासढुंगामा म्याजिक र स्कार्पियो ठोक्किँदा ८ जना घाइते

spot_img
spot_img

चितवन,०२ असार । नारायणगढ–मुग्लिङ सडक खण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ स्थित दासढुंगामा म्याजिक र स्कार्पियो एक–आपसमा ठोक्किँदा ८ जना घाइते भएका छन्।

मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ना १ ज ४८७६ नम्बरको म्याजिक र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश ३(०१(०२२ च १७५८ नम्बरको स्कार्पियो मंगलबार एक–आपसमा ठोक्किएका हुन्। दुर्घटनामा परी दुवै सवारी साधनमा सवार यात्रुहरू घाइते भएका छन्।

म्याजिकमा सवार घाइते हुनेहरूमा नवलपरासीको गैंडाकोट नगरपालिका–४ बस्ने ४९ वर्षीया गौरी लामिछाने, २८ वर्षीया मनिसा आले र उनका २० महिनाका छोरा पिन्स आले रहेका छन्। यस्तै, चितवनको भरतपुर महानगरपालिका–१ बस्ने २७ वर्षीया सिता दानी, इच्छाकामना गाउँपालिका–६ की २४ वर्षीया रचना गुरुङ र सोही ठाउँका ५३ वर्षीय कान्छा दागि पनि घाइते भएका छन्।

स्कार्पियोमा सवार सर्लाहीको हरिवन नगरपालिका–८ निवासी ४५ वर्षीया कविता अग्रवाल र उनका ५३ वर्षीय श्रीमान शषि भसाल अग्रवाल घाइते भएका छन्। घाइते सबैजनाको हाल नयाँ मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको छ। प्रहरीले म्याजिक चालक उदयपुर चौदण्डीगढी नगरपालिका–४ का ३९ वर्षीय अशोक परियार र स्कार्पियो चालक सर्लाही हरिवन नगरपालिका–२ का ३४ वर्षीय अशोक कुमार महत कैडीलाई नियन्त्रणमा लिएको छ।

दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय