काठमाडौं,०२ असार । इरानले इजरायलका प्रमुख शहरहरूमा मिसाइल आक्रमण गरेपछि इजरायलमा कम्तीमा ८ जनाको ज्यान गएको छ भने ८७ जना घाइते भएका छन्। बेलायती पत्रिका द गार्डियनका अनुसार, इजरायलको आपतकालीन सेवा एमडीएले तेल अबिब, हैफा लगायतका चार स्थानमा मिसाइल प्रहार भएको जनाएको छ।
सबैभन्दा बढी क्षति पेताह टिक्वा क्षेत्रमा भएको हो, जहाँ एउटा आवासीय भवनमा मिसाइल लाग्दा गम्भीर क्षति पुगेको छ। भवनका सिसा फुटेका छन् र पर्खालहरू भत्किएका छन्। हैफामा करिब ३० जना घाइते भएका छन् भने स्थानीय विद्युत् उत्पादन केन्द्रमा आगलागीसमेत भएको खबर छ। इरानको सरकारी टेलिभिजनका अनुसार, यो...