काठमाडौं, ८ वैशाख । भारतको कर्नाटक राज्यका पूर्व प्रहरी महानिरीक्षक (डीजीपी) ओम प्रकाशको हत्या गरिएको अवस्थामा शव फेला परेको छ। बेंगलुरुस्थित आफ्नै घरमा ६८ वर्षीय ओम प्रकाशको शव भेटिएपछि प्रहरीले घटनालाई शंकास्पद हत्या मानेर अनुसन्धान थालेको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार, घटनाको दिन ओम प्रकाश र उनकी श्रीमतीबीच विवाद भएको थियो। भनाभनकै क्रममा श्रीमतीले आँखामा खुर्सानीको धुलो हालेर, चक्कु प्रहार गरी हत्या गरेको आशंका गरिएको छ। साथै, सिसाको बोतलले समेत आक्रमण गरिएको प्रहरीले जनाएको छ।
शवमा चोटका अनेकौं दाग फेला परेको र प्रारम्भिक अनुसन्धानले हत्या स्पष्ट संकेत गरिरहेको प्रहरी स्रोतले जनाएको छ।...
काठमाडौं, ८ वैशाख । भारतको कर्नाटक राज्यका पूर्व प्रहरी महानिरीक्षक (डीजीपी) ओम प्रकाशको हत्या गरिएको अवस्थामा शव फेला परेको छ। बेंगलुरुस्थित आफ्नै घरमा ६८...