चितवन,१२ माघ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटै ब्लक बनाएर सुरु गरिएको बाघ गणनाको दोस्रो चरण सफलतापूर्वक सम्पन्न भएको छ। गत पुस ३ गतेदेखि सुरु भएको गणनामा अब जडान गरिएका स्वचालित क्यामेराहरू निकाल्ने काम भइरहेको छ। निकुञ्ज प्रशासनका अनुसार यी क्यामेराहरू उठाउन दुई–तीन दिन लाग्नेछ।
दोस्रो चरणमा सौराहा, खगेन्द्रमल्ली, लोथर, प्रतापपुर, ठोरी र सोमेश्वर क्षेत्रका ३३६ वटा ग्रिडमा क्यामेरा राखिएको थियो। यस कार्यमा १५० जना तालिमप्राप्त गणकहरू खटिएका थिए। अब ती क्यामेराहरू स्थानान्तरण गरी तेस्रो चरण अन्तर्गत पर्सा राष्ट्रिय निकुञ्जका बाँकी क्षेत्रमा बाघको फोटो खिच्ने काम सुरु गरिनेछ।
बाघ गणनाका...