spot_img

नीति तथा कार्यक्रम जनअपेक्षाअनुसार छैन : पद्मा अर्याल

spot_img
spot_img

काठमाडौँ,३१ वैशाख । नेकपा नेकपा एमाले की सांसद पद्मा अर्यालले सरकारको नीति तथा कार्यक्रम जनताको अपेक्षा र आवश्यकताअनुसार नभएको टिप्पणी गरेकी छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले सरकारले प्रस्तुत गरेको दस्तावेजमा स्पष्ट दृष्टि, दिशा र कार्यान्वयनको आधार नदेखिएको बताइन्।

उनका अनुसार जनताले शासन शैलीमा परिवर्तन र नयाँ प्राथमिकता अपेक्षा गरे पनि नीति तथा कार्यक्रम हेर्दा “नारा धेरै तर कार्यान्वयनको खाका कमजोर” देखिएको छ। उनले भनिन्, “नीति छ, तर कार्यक्रम स्पष्ट छैन; घोषणा धेरै छन्, तर दिशानिर्देश छैन।”

अर्यालले नीति तथा कार्यक्रमलाई केवल शब्दको संकलन मात्र भएको जस्तो देखिएको भन्दै सरकारको कार्यशैलीप्रति प्रश्न उठाइन्। उनका अनुसार नीति र कार्यक्रमबीच स्पष्ट छुट्याउन नसकिनु नै यसको प्रमुख कमजोरी हो।

उनले “समृद्ध नेपाल, सुखी नेपाली” जस्तो राष्ट्रिय लक्ष्यलाई व्यवहारिक रूपमा अघि बढाउने ठोस योजना नदेखिएको पनि बताइन्।

सांसद अर्यालले विगतका सरकारले गरेका सकारात्मक कामलाई निरन्तरता दिनुको सट्टा अवमूल्यन गर्ने प्रवृत्ति देखिएको आरोप समेत लगाइन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय