spot_img

निजी क्षेत्रलाई पहिले थुन्ने, पछि सुन्ने प्रवृत्ति गलत : रामकुमारी झाँक्री

spot_img
spot_img

काठमाडौँ,३१ वैशाख । नेकपा नेकपा एमाले की सांसद रामकुमारी झाँक्रीले सरकारले निजी क्षेत्रप्रति अनावश्यक भय र त्रास सिर्जना गरेको आरोप लगाएकी छन्।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै उनले सरकारको कार्यशैलीले लगानी र व्यवसायिक वातावरण कमजोर बनाएको टिप्पणी गरिन्।

उनका अनुसार सरकारले पहिले कारबाही गर्ने र पछि मात्र सुन्ने प्रवृत्ति अपनाएको छ, जसले निजी क्षेत्रलाई असुरक्षित महसुस गराएको छ। उनले भनिन्, “निजी क्षेत्रलाई पहिले थुन्ने अनि सुन्ने काम भइरहेको छ, यसले काम गर्ने वातावरण सिर्जना गर्दैन।”

झाँक्रीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई पनि पुरानै कार्यक्रमको निरन्तरता भएको टिप्पणी गरिन्। उनका अनुसार केही बुँदा घटाइए पनि नयाँ दृष्टि र ठोस परिवर्तन देखिएको छैन।

उनले जनताले दिएको जनमतलाई उपयोग गर्न सरकार असफल भएको भन्दै यसले राजनीतिक रूपान्तरणको अवसर गुमाएको दाबी गरिन्।

सांसद झाँक्रीले सुशासन र सेवा प्रवाहका नाममा नागरिकता, राहदानी र जग्गाधनी पुर्जा वितरणलाई मात्र डेलिभरी मान्न नहुने बताइन्। साथै, सबै वर्ग र समुदायको मानव अधिकार तथा मौलिक हक सुनिश्चित गर्न सरकारलाई आग्रह गरिन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय