वीरगन्ज,१४ माघ । नेकपा एमाले वीरगन्ज महानगर कमिटीको चौथो पूर्ण बैठक सम्पन्न भएको छ। बैठक महानगर कमिटीका कार्यबाहक अध्यक्ष लियाकत अलिको अध्यक्षतामा तथा पार्टीका केन्द्रीय सदस्य विजय कुमार सरावगीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
महानगर इन्चार्ज विचारी यादवको संयोजकत्वमा सम्पन्न बैठकमा आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन तथा निर्वाचन रणनीतिबारे विस्तृत छलफल गरिएको थियो। बैठकले निर्वाचनलाई प्रभावकारी बनाउन ५५१ सदस्यीय नेकपा एमाले वीरगन्ज महानगर निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको छ।
बैठकमा पार्टीको समसामयिक राजनीतिक अवस्था, संगठन विस्तार र जनआधार मजबुत बनाउने विषयमा नेताहरूले आ–आफ्नो धारणा राखेका थिए।...
वीरगन्ज,१४ माघ । नेकपा एमाले वीरगन्ज महानगर कमिटीको चौथो पूर्ण बैठक सम्पन्न भएको छ। बैठक महानगर कमिटीका कार्यबाहक अध्यक्ष लियाकत अलिको अध्यक्षतामा तथा पार्टीका...