सिरहाका चार पालिकामा प्रशासकीय अधिकृत नआउँदा कामकाज प्रभावित

spot_img

सिरहा,१५ वैशाख । संघीय सरकारले सरुवा गरेका प्रशासकीय अधिकृतहरू हाजिर नहुँदा जिल्लाका चार स्थानीय तहमा प्रशासनिक तथा विकास कार्य प्रभावित बनेका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेका उपसचिवहरू सम्बन्धित पालिकामा नआउँदा लहान, कल्याणपुर, धनगढीमाई र गोलबजार नगरपालिकामा कामकाज प्रभावित भएको हो।

लहान नगरपालिकामा उपसचिव दुर्गाप्रसाद भूर्तेल वैशाख ८ मा सरुवा भए पनि अझै हाजिर भएका छैनन्। त्यस्तै, कल्याणपुर नगरपालिकामा विश्वरुप दाहाल, धनगढीमाईमा मोहन निरौला र गोलबजारमा रूपनारायण खतिवडा पनि अनुपस्थित रहेका छन्।

पालिकाहरूमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक र प्रशासनिक निर्णय प्रक्रियामा अवरोध आएको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन्। लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरी ले बजेट कार्यान्वयनको महत्वपूर्ण समयमा समेत काम ठप्प भएको गुनासो गरेका छन्।

त्यस्तै, कल्याणपुर नगरपालिकाकी कार्यवाहक प्रमुख रेखाकुमारी यादव ले पनि प्रशासकीय अधिकृत नहुँदा योजना कार्यान्वयनमा समस्या भएको बताएकी छन्।

यस विषयमा मन्त्रालयका तर्फबाट औपचारिक प्रतिक्रिया भने आएको छैन। मन्त्रालयकी सचिव चन्द्रकला पौडेल ले यसबारे टिप्पणी गर्न अस्वीकार गरेकी छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय