काठमाडौँ,०१ चैत । जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेताहरूले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का महन्थ ठाकुरलाई भेटेका छन् । बबरमहलस्थित लोसपाको पार्टी कार्यालयमा भएको भेटघाटमा देशको समसामयिक राजनीतिक अवस्था, उपराष्ट्रपतिको चुनावलगायतको विषयमा कुराकानी भएको जसपाका केन्द्रीय सदस्य प्रदीप यादवले बताए ।
उनले भने, ‘हामीले देशको समसामयिक राजनीतिक अवस्थाको बारेमा छलफल गर्न महन्थ ठाकुरजीलाई भेटेका हौँ, कुराकानीको क्रममा उहाँले उपराष्ट्रपतिका लागि रामसहाय यादवलाई शुभकामना दिनुभयो ।’
अध्यक्ष ठाकुरले आफ्नो पार्टी गठबन्धनमै रहेको र गठबन्धनले गर्ने निर्णयअनुसार अगाडि बढ्ने भन्दै रामसहाय यादवलाई शुभकामना दिएका थिए ।
ममता झालाई उपराष्ट्रपति बनाएको जनमत पार्टीसँग लोकतान्त्रिक समाजवादी...
काठमाडौँ,०१ चैत । जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेताहरूले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का महन्थ ठाकुरलाई भेटेका छन् । बबरमहलस्थित लोसपाको पार्टी कार्यालयमा भएको...
काठमाडौँ। सहमतीय राष्ट्रपतिको उपयुक्त पात्र महन्थ ठाकुर रहेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का शीर्ष नेताहरूले आज कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने भएका...
एमालेको १०औं राष्ट्रिय महाधिवेशनलाई शुभकामना दिन लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर चितवन आइपुगेका छन् ।
बुद्ध एयरबाट उनी बिहीबार नै चितवन आइपुगेका हुन् ।...
नेकपा एमाले र माओवादी केन्द्र मिलेर गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सर्वोच्च अदालतको फागुन २३ गतेको आदेशले विघटन भएको छ । नेकपाभित्र आन्तरिक...