महावीर पुनको सम्पत्ति विवरण सार्वजनिक: २८ रोपनी जग्गादेखि चन्दा बचतसम्म पारदर्शिता

spot_img

काठमाडौं,१६ वैशाख । राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक तथा प्रतिनिधि सभा सदस्य महावीर पुनले आफ्नो व्यक्तिगत सम्पत्ति विवरण सार्वजनिक गर्दै पारदर्शिताको एउटा फरक दृष्टान्त प्रस्तुत गर्नुभएको छ ।

सार्वजनिक विवरण अनुसार पुनको नाममा कास्कीको पोखरा महानगरपालिकास्थित माझठानामा करिब २८ रोपनी जग्गा रहेको छ, जुन उनले २०५२ सालमा अमेरिकाबाट फर्किंदा बचेको रकमले किनेका थिए । सो जग्गा उनले आविष्कार केन्द्रको आर्थिक स्थितिलाई सुदृढ बनाउन बिक्रीमा राखे पनि हालसम्म ग्राहक नभेटिएको स्पष्ट पार्नुभएको छ ।

पुनको सम्पत्तिमा सुनचाँदी र नगद मौज्दातको पाटो पनि उत्तिकै रोचक र पारदर्शी देखिएको छ । उनले श्रीमतीलाई इष्टमित्रबाट उपहार स्वरूप प्राप्त भएको करिब ३ तोला सुन र विभिन्न बैंकमा गरी २९ लाख रुपैयाँ नगद रहेको उल्लेख गर्नुभएको छ ।

विशेषगरी राष्ट्रिय वाणिज्य बैंकमा रहेको २५ लाख रुपैयाँ निर्वाचनका समयमा सहयोगीहरूबाट प्राप्त चन्दाको बचत भएको र उक्त रकम म्याग्दीस्थित आफ्नो संसदीय सम्पर्क कार्यालय सञ्चालनमा खर्च गरिने उहाँको भनाइ छ ।
यसका साथै, आफ्नो आत्मकथा बिक्रीबाट सङ्कलित सबै रकम कृषि औजार कारखाना र आविष्कार केन्द्रको कोषमा जम्मा गरेर उहाँले आफूसँग कुनै निजी सवारी साधन वा अन्य विलासी सम्पत्ति नरहेको तथ्य सार्वजनिक गर्नुभएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय