धनुषा,०७ बैशाख । समाजवादी महिला संघ नेपालको केन्द्रीय महाधिवेशन मधेस प्रदेश राजधानी जनकपुरधाममा हुने भएको छ । सङ्गठनको शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले यसबारे निर्णय गरेको हो । यहि वैशाख २७ र २८ गते हुने महाधिवेशनमा प्रमुख वक्ता जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव रहने छन् ।
बैठकबाट महाधिवेशनको तयारीलाई प्रभावकारी बनाउन आर्थिक उपसमिति, जनपरिचालन उपसमिति तथा प्रचार प्रसार उपसमितिलगायतका उपसमिति गठन गरिएको छ । महाधिवेशनलाई भव्यरुपमा सफल बनाउन केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई जिम्मेवारी तोकिएको छ ।
संगठनले स्थानीय तह, जिल्ला समितिहरूका साथै चार प्रदेश समितिको अधिवेशन सम्पन्न गरिसकेको छ...
धनुषा,०७ बैशाख । समाजवादी महिला संघ नेपालको केन्द्रीय महाधिवेशन मधेस प्रदेश राजधानी जनकपुरधाममा हुने भएको छ । सङ्गठनको शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले यसबारे...