काठमाडौँ, १४ पुस । काठमाडौँको सेतोपुलमा सामूहिक बलात्कार भएको छ । १७ वर्षीया किशोरीलाई दुई जना किशोरले डेरामा लगेर बलात्कार गरेका हुन् । बलात्कारमा संलग्न दुवैलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दैलेखको नारायण नगरपालिका–६ घर भएर काठमाडौँ महानगरपालिका–३० स्थित सेतोपुलमा बस्ने सम्राट् बस्नेत र सरोज महतरा छन् ।
पुस ९ मा आरोपीहरूले घुम्न जाने भनेर किशोरीलाई ललाई फकाई डेरामा लगेर बलात्कार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए । उनीहरु शनिवार दिउँसो पक्राउ परेका हुन् ।
घटनाबारे पीडितले प्रहरी वृत्त मालिगाउँमा जाहेरी दिएकी छन् ।
जनकपुरधाम, असोज १० गते ।
धनुषा : धनुषामा सामुहिक बलात्कारको शिकार भएकी किशोरीलाई आर्थिक प्रलोभन र धम्की दिँदै मिल्न दबाब दिने एकजनालाई प्रहरीले पक्राउ गरेका...