रौतहट,१५ चैत । रौतहटको गरुडा नगरपालिका-४, गरुडामा आज बिहान करिब ९ बजे भएको भीषण आगलागीमा पाँचवटा फुसको घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् । आगलागीका क्रममा दुईवटा ग्यास सिलिन्डर विष्फोट हुँदा ठूलो आवाज टाढासम्म सुनिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
इलाका प्रहरी कार्यालय, गरुडाका अनुसार आगलागीमा घरभित्र रहेका सम्पूर्ण सामानहरू जलेर नष्ट भएका छन् । यद्यपि, मानवीय क्षति भने हुनबाट जोगिएको छ । प्रारम्भिक अनुमानअनुसार आगलागीबाट लाखौंको क्षति भएको छ भने विस्तृत विवरण आउन बाँकी छ ।
आगो नियन्त्रणका लागि गरुडा नगरपालिकाबाट दमकल पठाइए पनि आगो नियन्त्रणमा लिन नसकेपछि गौर नगरपालिकाको...